आफ्नै श्रीमतीको हत्या गरेकाे अभियाेगमा श्रीमान् पक्राउ

झापा । आफ्नै श्रीमती २७ वर्षीया संगीता राईको हत्या गरेको अभियोगमा मेचीनगर नगरपालिका-४ समायोजन टोल बस्ने ३४ वर्षीय पर्वत राईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पर्वतले सामान्य विवादको कारण संगीतालाई कुटपिट गर्दा घटनास्थमलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय काकँभिट्टा र प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया