हिन्दूहरुको चाडपर्वमा सरकारद्वारा अवरोध खडा गरिनु निन्दनीय : विश्व हिन्दू परिषद्

काठमाडौं । विश्व हिन्दू परिषद् नेपालले हिन्दूहरुको चाडपर्वमा सरकारद्वारा बाधा अवरोध खडा गरिनु निन्दनीय भएकाे बताएकाे छ । एक विज्ञप्ति जारी गर्दै हिन्दु परिषदले साे कुरा बताएकाे हाे ।

‘हालै विभिन्न राजनैतिक दलहरुको पार्टी प्रवेश कार्यक्रम एवं गत महिना देशका विभिन्न ठाउँहरुमा मुस्लिम समुदायले हात–हथियार सहित सुसज्जित भई मुहर्रम पर्व मनाई रहदा कही कतै प्रशासनद्वारा रोकटोक गरेको देखिएको थिएन, ’ विज्ञप्तिमा भनिएकाे छ, ‘सरकारले कोरोना संक्रमण नियन्त्रण गर्ने बहानामा हिन्दूहरुको महान पर्व दशैँमा समेत मठ–मन्दिर दर्शनमा रोक लगाएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

पार्टी प्रवेश, शुभकामना आदान–प्रदान एवं भवन लोकार्पण कार्यक्रमको नाममा मन्त्री सहितको उपस्थितिमा हजारौको भीड एकत्रित गर्दा कोरोना संक्रमण नहुने तर हिन्दूहरुको पर्वमा मात्र संक्रमण हुने ? भन्दै परिषदले प्रश्न समेत गरेकाे छ ।

प्रतिक्रिया