वीपी प्रतिष्ठानमा इटहरीका ७८ वर्षीय संक्रमितको मृत्यु

काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका-२० का ७८ वर्षीय पुरुषको आज बिहान ३ः०५ बजे मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार रक्तअल्पताबाट पीडित उनमा पहिलो पटक असोज १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । दोस्रो पटक गरिएको परीक्षणमा कात्तिक १ गते पनि उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

प्रतिष्ठानको कोभिड अस्पतालमा असोज १९ गते भर्ना भएका उनको उपचारकै क्रममा बिहान मृत्यु भएको हो । शवको नियमानुसार व्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया