दोस्रो सुपर ओभरमा मुम्बईमाथि पञ्जाबको सनसनीपूर्ण जित

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत डबल सुपर ओभरमा मुम्बईमाथि किंग्स इलेभेन पञ्जाबले सनसनीपूर्ण जित हासिल गरेको छ ।

२०/२० ओभरको खेल बराबरी भएपछि खेलिएको पहिलो सुपर ओभरपनि बराबर भएपछि खेलको निर्णय दोस्रो सुपर ओभरबाट गरिएको थियो । मुम्बईले दिएको १७७ रनको लक्ष्य पछाएको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाउदै १७६ रन बनाएपछि दुवै टिमको रन बराबरी भएको थियो ।

पहिलो सुपर ओभरमा किंग्स इलेभेन पञ्जाबले पहिला ब्याटिंग गर्दै २ विकेट गुमाउदै ५ रन बनाएको थियो । ६ रनको लक्ष्य पछाएको मुम्बईले ६ बलमा ५ रन मात्र बनाएपछि खेल फेरी बराबर भएर दोस्रो सुपर ओभरमा पुगेको थियो ।

दोस्रो सुपर ओभरमा मुम्बईले एक विकेट गुमाउदै ११ रन बनाएको थियो । १२ रनको लक्ष्य पछाएको पञ्जाबले ४ बलमा लक्ष्य पुरा गरेको थियो । यस अघि आइतबार नै भएको खेलमा सनराइजर्स हैदरावाद र कोलकोता नाइटराइडर्सबीचको खेल सुपर ओभरमा कोलकोता विजयी भएको थियो ।

प्रतिक्रिया