४५ वर्षपछि महाविर पुनले दशैंमा नयाँ लुगा लगाउँदा

काठमाडौं । सागदी जीवन व्यतित गर्ने, प्रायः एउटै कपडामा देखा परिरहने राष्ट्रिय आविश्कार केन्द्रका प्रमुख महाविर पुनले ४५ वर्षपछि दशैंमा लुगा फेरेका छन् ।

४५ वर्षपछि उनले शरीरमा सुट लगाएका हुन् । पटकपटक लुगा फेर्न शुभचिन्तकहरुको आग्रहलाई स्विकार्दै पुनले यसपटकको दशैंमा नयाँ लुगा लगाएको बताएका छन् । उनले फेसवुकमा नयाँ कोट लगाएको फोटो सार्वजनिक गर्दै आफुले ४५ वर्षपछि दशैंमा नयाँ कपडा पाएको पनि बताएका छन् ।

‘यो कपडा मलाई नै नापेर सिलाई दिएका हुन् । पुरानो जडौरी होइन । मेरो जिन्दगीको दोस्रो नयाँ सुट हो ।’ पुनले भनेका छन् ।
उनले नयाँ लुगासँग लगाएको जुत्ता चाहिँ ६ वर्ष अघिको रहेछ । धेरै साथीहरुले राम्रो कपडा लगाएन भनेर किचकिच गरीरहेको उल्लेख गर्दै महाविर पुनले अब किचकिच नगर्न पनि भनेका छन् ।

‘अब कचकच गर्ने साथीहरु चुप लाग्नु होस । आज नयाँ कपडा लगाएको फोटो हाल्छु भनेर हिजो गरेको बाचा पुरा गरें ।’ पुनले भनेका छन् । साथै उनले दशैको बेलामा नयाँ कपडा कहाँबाट आयो भनेर नसोध्नु आग्रह गर्दै केहि महिना पछि आफैं बताउने जनाएका छन् ।

‘क्या रमाइलो हुने भयो यो पालीको दशैँ ता । कहिले काहिँ ता गल्लीको कुकुरको पनि दिन आउँछ भनेको यहि होला ।’ फेसवुक इमोजी राख्दै पुनले भनेका छन् ।

प्रतिक्रिया