सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु

काठमाडौं । विभिन्न जिल्लामा भएकाे सवारी दुर्घटनामा परी ७ जनाकाे मृत्यु भएकाे छ ।

उदयपुरकाे कटारी नगरपालिका-१४ भदौरेस्थित सडकमा बा२० च ७१७१ नम्बरको स्कारपियो सडकबाट करिब ९ सय मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका-९ माधवपुर बस्ने ४६ वर्षीय राम बहादुर सार्की लगायत ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका स्कारपियो चालक सहित ३ जनालाई उपचारका लागि कटारीतर्फ पठाइएको छ ।

यस्तै डोल्पा, त्रिपुरासुन्दरी नगरपालिका-९ चुँ मुलपानीस्थित सडकमा भे १ त १९५२ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकको भित्तामा ठोकिएर शनिबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही नगरपालिका-६ फुल्चिङ बस्ने २१ वर्षीय सिमल बिकको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता सर्लाही, बागमती नगरपालिका-५ सोल्टी मोडस्थित सडकमा प्रदेश २-०३-००४ प २२१ नम्बरको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिई अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा स्कुटर चालक बागमती नगरपालिका-५ रामपुर बस्ने ४५ वर्षीय कृष्ण बहादुर खडकाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका उनको स्वाभिमान अस्पताल हरिवनमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्करबाट घाइते भएका पदैलयात्री सोही ठाउँ बस्ने २५ वर्षीय राम कुशवारलाई सोही अस्पताल हुँदै थप उपचारका लागि वीरगञ्जतर्फ पठाइएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया