२ लाख बढी नगदसहित ११ जुवाडे पक्राउ

कैलाली । धनगढी उपमहानगरपालिका-१३ श्रीलंका बस्ने प्रकाश बिष्टको घरमा तास खेलिरहेको अवस्थामा बिष्ट लगायत १३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा तास खेलाइरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ३५ हजार १ सय ५० रुपैयाँ र ५ गड्डी तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया