मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

तीन जना बालिकाहरूलाई जबरजस्ती करणी गर्ने दुई पुरूष पक्राउ

तनहुँ । १२ वर्षीया, ९ वर्षीया र ११ वर्षीया ३ जना बालिकाहरूलाई जबरजस्ती करणी गरेको अभियोगमा भानु नगरपालिका-१० दुधेकुना बस्ने ७२ वर्षीय बलराम सापकोटा र १६ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले ती बालिकाहरूलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पुर्कोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिकृयाहरु
Loading...