झिनो अंकले घट्यो शेयर बजार, कारोबार १ अर्ब २५ करोड

काठमाडौं। आज शेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार बजार ५.६६ अंकले घटेको हो । ०.३६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १५५६.८० अंकमा झरेको छ ।

नेप्सेका अनुसार आज १ सय ८७ कम्पनीका ४३ लाख ५२ हजार १० कित्ता शेयर किनबेच हुँदा १ अर्ब २५ करोड २७ लाख ४८ हजार १ सय ८१ रुपियाँ बराबरको कारोबार भएको छ ।

आज हिमालयन बैंकको शेयर सबैभन्दा बढी कारोबार भएको छ । हिमालयनको २४ करोड ४५ लाख ५१ हजार ६ सय रुपियाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया