वीपी प्रतिष्ठानमा उपचाररत संक्रमित पुरुषको मृत्यु

काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका १ का ७९ वर्षीय संक्रमितको बिहान ३ः०५ बजे मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार असोज २६ गते कोरोना पुष्टि भएका उनलाई २७ गते कोभिड अस्पतालमा भर्ना गरिएको छ । मुटु सम्बन्धी र अन्य दीर्घ रोग समेत रहेका ती पुरुषको उपचारकै क्रममा बिहान मृत्यु भएको हो ।

मृतकको शव नियमानुसार व्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया