कार्तिक २ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल कार्तिक ०२ गते । आईतबार । ईश्वी सन् २०२० अक्टोबर १८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि–द्वितीया,३७ घडी २८ पला,बेलुकी ०९ बजेर १५ मिनेट उप्रान्त तृतीया । नक्षत्र–स्वाती,१६ घडी ३३ पला,दिउसो १२ बजेर ४३ मिनेट उप्रान्त विशाखा । योग–प्रिती,४० घडी ११ पला,बेलुकी १० बजेर १० मिनेट उप्रान्त आयुष्मान । करण– बालव,बिहान १० बजेर १६ मिनेट उप्रान्त कौलव,बेलुकी ०९ बजेर ०५ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३० मिनेट । दिनमान २८ घडी २८ पला । शारदीय नवरात्र। चन्द्रोदय।

आजको बार बेला ।
बिहान ०६ बजेर ०६ मिनेटसम्म उद्वेग बेला ।
बिहान ६ बजेर ०७ मिनेटदेखी बिहान ७ बजेर ३२ मिनेटसम्म चर बेला ।
बिहान ७ बजेर ३३ मिनेटदेखी बिहान ८ बजेर ५७ मिनेटसम्म लाभ बेला ।
बिहान ८ बजेर ५८ मिनेटदेखी बिहान १० बजेर २३ मिनेटसम्म अमृत बेला ।
बिहान १० बजेर २४ मिनेटदेखी बिहान ११ बजेर ४८ मिनेटसम्म काल बेला ।
बिहान ११ बजेर ४९ मिनेटदेखी दिउसो १ बजेर १४ मिनेटसम्म शुभ बेला ।
दिउसो १ बजेर १५ मिनेटदेखी दिउसो २ बजेर ३९ मिनेटसम्म रोग बेला ।
दिउसो २ बजेर ४० मिनेटदेखी बेलुकी ४ बजेर ०५ मिनेटसम्म उद्वेग बेला ।
बेलुकी ४ बजेर ०६ मिनेटदेखी बेलुकी ७ बजेर ०५ मिनेटसम्म शुभ बेला ।
नोटः शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बेलुकी ०४ बजेर ०४ मिनेटदेखी बेलुकी ०५ बजेर ३० मिनेटसम्म रहने ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शुभचिन्तकहरूको सुझावलाई पालना गर्दा खुसी र उमङ्गको वातावरण बन्नेछ । आफन्तबाट सुनिने सुखद समाचारले अझ उत्साह बढ्नेछ । व्यापार-व्यवसायमा विशेष लाभ लिने सकिनेछ भने दैनिक उपभोग्य बस्तु तथा औषधीजन्य सामानको व्यापारमा वृद्धि हुनेछ । माया प्रेममा नजिक हुन सकिने तथा दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने योग रहेकोछ । तर्क, विवाद र बहसमा विजयी भइने छ । आशा गरेअनुरूप नै सहयोगी जुट्ने छन् ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) स्वास्थ्यका दृष्टिकोणले समय राम्रो रहेकोछ भने पुराना स्वास्थ्य सम्बन्धी हल भएर जानेछ । व्यापारमा बृद्धि हुनाले आर्थिक लाभ हुनेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गरि नाम कमाउन सकिनेछ । मावली र साथीभाइको राम्रो साथसहयोग प्राप्त हुनाले मन प्रशन्न हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मत भिन्नताको समाप्ति हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) हतार गरेर गरिने कुनैपनि कामको नतिजा राम्रो नआउने हुनाले काम गर्दा ख्याल गर्नुहोला । खानपानमा ध्यान नदिए स्वास्थ्य तथा पेट सम्बन्धी समस्या आउन सक्छ । उपाहार प्राप्तीको योग भएपनि टरेर जानेछ । माया प्रेममा सामान्य बिवाद हुनेछ भने जीवन साथिसँगको मनमुटाबले काम गर्न असहज हुनेछ । अन्य क्रियाकलापमा व्यास्त रहनाले पढाइ लेखाइमा नतिजा अरुतिरै जानेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफन्त वा आमा सरहका मानिससँग अलग्गिएर यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुनेछ । माया प्रेममा समान्य मनमुटाब बढेर जानेछ भने पति पत्नी बीचको सम्बन्धमा अबिश्वास पैदा हुनेछ । समाजसेवामा समय व्यातित हुनाले आफ्नो काम थाति रहनेछ । स्वास्थ्यमा समस्या आई लक्ष्य प्राप्तीमा विलम्ब हुनेछ । तरपनि कृषि तथा पशुपालनमा र बित्तिय क्षेत्रमा गरिएको लगानिबाट मनग्गे आम्दानि गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सहयोगीहरूले अप्रत्यासित ढंगले सहयोग गर्नेछन् भने रोकिएका कामलाई पुनः सुरु गर्ने वातावरण मिल्नेछ । आर्जित धन सञ्चय गरि दीर्घकालिक प्रयोजनमा उपयोग गर्न सकिनेछ । पुराना समस्या र कठिनाइलाई उचित कार्ययोजना बनाई समाधान गर्न सकिनेछ । बौद्धिक र प्राज्ञिक क्षमता बढ्ने छ । हक र अधिकारको संरक्षणको प्रयास हुनेछ भने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला भबिस्यमा बिवाद सिर्जना हुन सक्छ । असजिलो तथा अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुनेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउन सक्छ ध्यान दिनुहोला । कामहरु समयमा नबन्नाले मानशिक तनाब बढ्नेछ । आफ्नो व्याक्तिगत कुराहरु अरुले थाहा पाई आलोचना गर्न सक्छन् ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) महत्वपूर्ण जिम्मेवारि सम्पादन गर्ने जिम्मा तपाईको काधमा आउनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ । सांगितिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेम तथा पति पत्नी बीच मायामा विस्वासको वातावरण बढेर जानेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि समय पर्खनु नै उचित हुनेछ । पति पत्नी बीचको सम्बन्धमा तितोपन देखिने छ । आर्थिक सङ्कटले सताउने तथा दैनिकी कष्टकर नहोला भन्न सकिन्न । समय र नियमको अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभबाट बञ्चित होईनेछ । तरपनि यात्रासँग सम्बन्धीत काम हुनेछन् भने अध्ययन वा कामको शिलशिलामा विदेशमा हुनुहुन्छ भने समय फलदायी रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पशुपालन तथा कृषि क्षेत्रबाट भनेजस्तो लाभ लिन सकिनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ भने बौद्धिक प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । ठूलाबडाको सहयोगले रोकिएको कामहरु बन्नसक्छ । आत्मबल बढ्नेछ भने शत्रुहरू पराजित हुनेछन् । मातापिता र अभिभावकको आशीर्वाद प्राप्त हुनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानि बढाउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायमा सामान्य वृद्धि हुनेछ भने लगानीका स्रोत पहिचान गरि आम्दानि बढाउन सकिनेछ । परिवार तथा आफन्तको साथ पाईने हुनाले काम गर्न सहयोग पुग्नेछ । नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिभिन्न अवसर आउने भएपनि अवसरहरुलाई उपयोग गर्न नसक्दा समय भन्दा पछि परिनेछ । काम बिग्रने हुँदा मान सम्मानमा दाग लाग्न सक्छ ध्यान दिनुहोला । खोज तथा अनुशन्धानको क्षेत्र तपाई आफ्नै कारणले थाति रहनेछन् । कुनै योजना भए केहिदिन गोप्य राख्नुहोला । व्यापार व्यावसायमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफन्त तथा दिदि बहिनीसँग सामान्य विषयमा मनमुटाब बढ्नेछ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । तपाईंको व्यक्तिगत दृष्टिकोण आजको दिन गलत हुन सक्छ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत हुनेछ । तरपनि प्रयत्न गर्दा आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया