कर्णाली विवाद : छलफल सकियो, अध्यक्षद्वयको निर्णय मान्न ओलीको आग्रह

काठमाडौं । कर्णाली विवादका विषयमा बालुवाटारमा छलफल सकिएको छ ।

आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै १८ सांसदहरुले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि चर्किएको विवादका बारेमा सोही विषयमा आज बालुवाटारमा छलफल भएको थियो ।

छलफलमा मुख्यमन्त्री शाही र असन्तुष्ट पक्षका नेताहरुसमेत सहभागी भएका थिए ।

‘तपाईँहरुको कुरा सुनेँ । अब हामी अध्यक्षद्वय बसेर छलफल गर्छौं र एउटा निष्कर्ष निकाल्छौं,’ छलफलमा सहभागी नेकपाका कर्णाली सचिव मायाप्रसाद शर्माले प्रधानमन्त्रीलाई उदृत गर्दै भनेका छन्, ‘त्यसलाई तपाईँहरुले मान्नुपर्दछ ।’

छलफलमा अर्का अध्यक्ष पुष्पकमल दाहाल भने उपस्थित थिएनन् । प्रधानमन्त्रीको निम्तोलाई अस्वीकार गरेका दाहालले गत बिहीबार र शुक्रबार नै कर्णालीका नेताहरुलाई भेटेका थिए ।

प्रतिक्रिया