वीपी प्रतिष्ठानमा धरान र झापाका दुई संक्रमितको मृत्यु

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानमा अनुसार गएराती ५६ र ६५ वर्षिय दुई पुरुषको मृत्यु भएको हो ।

झापा शिवगढी ११ का ५६ वर्षिय पुरुष र धरान १५ का ६५ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार धरान १५ का ६५ वर्षिय बृद्ध र झापाका ५६ वर्षिय पुरुषमा दिर्घरोग थियो ।

धरानमा बृद्धमा असोज २९ गते कोरोना पोजेटिभ भएको पुष्टि भएकोमा उनी ३० गते प्रतिष्ठानमा भर्ना भएका थिए । उनको सोहि दिन ७ः४५ बजे मृत्यु भएको हो ।

यता झापाका पुरुषमा असोज २८ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो । उनी २९ गते वीपी प्रतिष्ठान आएकोमा ३० गते साँझ ७ः१५ बजे मृत्यु भएको छ । मृत्यु भएकाहरुको शव नियमानुसार ब्यवस्थपन भइरहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया