प्रधानमन्त्री, राष्ट्रपति र पूर्वराजाले दशैंको टीका नलगाइदिने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंमा सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् । पूर्वराजा शाहका सहयोगी फणिराज पाठकले विज्ञप्ति निकाल्दै सो कुराबारे पुष्टि गरेका हुन् । विज्ञप्तिमा कोरोना भाइरसका कारण यो वर्ष राजाले सर्वसाधारणलाई टीका नलगाइदिने जनाएका छन् ।

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले पनि कोरोना भाइरसकै कारण सर्वसाधारणलाई टीका नलगाइदिने भएकी छन् । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले सर्वसाधारणलाई टीका लगाइदिनेबारे अन्यौल नै रहेको बताए । उनले भनेका छन्–‘टीका लगाइदिने सम्भावना कम छ ।’

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि टीका नलगाइदिने स्रोतले जनाएको छ । कोरोना भाइरसलाई नै मध्यनजर गर्दै ओलीले सर्वसाधारणलाई टीका नलगाइदिने तयारी गरेका हुन् ।

प्रतिक्रिया