एमबाप्पेको दुई गोल, पीएसजी उक्लियो शीर्ष स्थानमा

काठमाडौं । फ्रेन्च फरवार्ड केलियन एमबाप्पेको दुई गोल सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले निम्समाथि फराकिलो जित दर्ता गर्दै फ्रेन्च लिग वानको शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा पीएसजीले १० खेलाडीमा सिमित निम्समाथि ४–० को जित निकालेको हो ।

पिएसजीको जितमा किलियन एम्बाप्पेले २ गोल गरेका थिए भने अलेसानड्रो फ्लोरेन्जी र पाब्लो सर्बियाले एक एक गोल गरेका थिए । खेलको १२औ मिनेटमा नै नीमका लोइक लान्द्रेले रातो कार्ड पाएर मैदान छोडेपछि निम्स १० खेलाडीमा खेलेको थियो । यस खेलमा पिएसजी नेइमार, एन्जल डी मारिया, माउरो इकार्डीजस्ता खेलाडी बिना नै खेलेको थियो ।

यो जितपछि पिएसजी लिग वानको अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । ७ खेलमा ५ जित र २ हारसहित पिएसजी १५ अंकसहित शिर्ष स्थानमा उक्लिएको हो । नीमको भने ७ खेलमा यो तेस्रो हार हो । २ जित र २ बराबरी खेलेको निम्सको ८ अंक रहेको छ ।

प्रतिक्रिया