चितवनमा मापदण्ड विपरीत सञ्चालित पाँच पसललाई साढे २ लाख जरिवाना 

ध्रुवराज खनाल 
चितवन।  मापदण्डलाई लत्त्याएर व्यवसाय गर्ने चितवनका ५ वटा व्यावसायिक फर्मलाई कारबाही गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रवार गरेको अनुगमनका क्रममा मापदण्ड विपरीत सञ्चालित भरतपुरका  ५ वटा पसललाई जरिवाना तिराइ कारबाही गरेको हो ।

जिल्ला प्रशासन कार्यालयमा केही दिन अघि बसेको सर्वपक्षीय बैठकले मापदण्ड विपरीत सञ्चालनमा रहने व्यावसायिक फर्मलाई स्पटमै कारबाही गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार शुक्रवार अनुगमनका क्रममा मापदण्ड विपरीत सञ्चालित ५ वटा पसललाई जरिवाना गरिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले जानकारी दिए ।

शर्माका अनुसार भरतपुरका निर्मला स्टोर,सुनिता खाद्य उद्योग, शुलभ खाद्य भण्डार, शुभम फ्रुट ट्रेडर्स र जय श्री बालाजी ट्रेडर्सलाई ५०/५० हजारका दरले जरिवाना गरिएको हो । शुभम खाद्य भन्डार र बालाजी ट्रेडर्सले लेवल नराखी सामान बिक्री गरेको र अन्य ती वटा पसलले मूल्य सूची नराखेको अनुगमनका क्रममा पाइएको थियो ।

जरिवाना तोकिएका ती पसलहरूलाई  सात दिन भित्र जरिवाना रकम बैङ्क दाखिल गरी भौचर पेश गर्न र तत्काल सुधार गर्न निर्देशन दिइएको र त्यस पछि पनि सुधार नगरे पसल बन्द गरिने सहायक प्रजिअ शर्माले बताए ।

प्रतिक्रिया