भोक लाग्यो अब जाउँ ‘हङ्ग्री वेल्स’

काठमाडौं । स्वस्थ खानाको महत्व विशेष हुन्छ । विहान बेलुकीको भागदौडको शहरी जीवनशैलीलाई स्वस्थ र तन्दुरुस्त राख्न स्वस्थ तथा स्वच्छ खानपान गर्नु अपरिहार्य छ । सोहि कुरालाई ध्यानमा राखेर ललितपुरको झम्सिखेलमा ‘हङ्ग्री वेल्स’ फास्ट फुड रेष्टुरेन्ट सञ्चालनमा आउँदैछ ।

कात्तिक १ गते अर्थात् घटस्थापनाका दिनबाट औपचारिक रुपमा सञ्चालनमा आउन लागेको ‘हङ्ग्री वेल्स’ अहिलेको व्यस्त जीवन शैलीमा स्वस्थकर ‘फास्ट फुड’ रुचाउनेहरुका लागि उत्कृष्ठ गन्तब्य हो ।

शैक्षिक परामर्श व्यवसायमा आठ वर्षदेखि सक्रिय रहेर सफलता हासिल गरेका युवा व्यवसायी शिशिर सिंखडाले व्यस्त शहरी जीवनशैलीमा आम उपभोक्तालाई स्वस्थ, स्वच्छ फास्ट फुड दिने उद्देश्यले ‘हङ्ग्री वेल्स’ सञ्चालनमा ल्याएका हुन् । ललितपुरको झम्सिखेलस्थित होटल भिभान्ता अगाडी रहेको ‘हङ्ग्री वेल्स’मा खासगरी चिकनका विभिन्न आइटमहरु पाइन्छ ।

‘स्वस्थ खाउँ स्वस्थ जिउँ’ भन्ने नाराका साथ सञ्चालनमा आएको ‘हङ्ग्री वेल्स’ मा क्रन्ची फ्रायड चिकन, क्रिस्पी चिकन, ग्रिल चिकन, हट एण्ड क्रेस्पी लगायत चिकनका विभिन्न आइटमहरु उपलब्ध छन् । यसका अलावा कफी पारखीका लागि ‘हङ्ग्री वेल्स’ नयाँ गन्तब्य पनि बन्न सक्छ । यहाँ कफी तथा कोल्ड ड्रिङ्सका सबै आइटम पाइन्छ ।

‘हङ्ग्री वेल्स’ को विशेषता भनेको हाइजेनिक खानेकुरा नै हो । हामी कहाँ जतिपनि परिकार पाइन्छ सबै हाइजेनिक छन् ।’ ‘हङ्ग्री वेल्स’का सञ्चालक शिशिर सिंखडा भन्छन् ।

‘हङ्ग्री वेल्स’ले सरसफाई र शुद्धतालाई विशेष ख्याल गरेको छ । ग्राहकले प्रत्यक्ष रुपमा परिकार तयार गरेको हेर्न सकुन्, किचन कत्तिको स्वच्छ र सफा छ भनेर हेर्न मिल्ने बनाइएको छ । ‘हङ्ग्री वेल्स’ मा आधुनिक तवरको लाइभ किचन छ । ‘बाहिर जति सुकै सफा सुग्घर भएपनि किचन सफा भएनभने स्वस्थकर परिकार बनाउन सकिँदैन, हामीले यहि कुरालाई मध्ये नजर गरेर सरसफाइमा ध्यान दिएका छौं, स्वस्थकर चिकेन मात्र प्रयोग गर्छौं ।’ सिंखडाको भनाई छ ।

त्यसो त स्वस्थ परिकार तयार गर्न शुद्ध र स्वस्थकर मरमसला र सामग्रीको अति आवश्यक छ । ‘हङ्ग्री वेल्स’ मा पाइने जुनसुकै आइटम शतप्रतिशत स्वस्थकर छ । ‘कुनैपनि परिकार स्वस्थ हुन त्यसमा प्रयोग हुने मरमसला र तेलको भूमिका महत्वपूर्ण हुन्छ, हामीले प्रयोग गर्ने मरमसलाहरु सबै विदेशबाट ल्याइएका छन् । मासुको कुरा गर्नुहुन्छ भने, स्वस्थ र स्वच्छ ढंगले तयार पारिएको मासु प्रयोग गरेका छौं ।’ सञ्चालक सिंखडाको दावि छ ।

मरमसला मात्र राम्रो र स्वस्थ भएर पनि परिकार तयार हुँदैनन् । त्यसका लागि अनुभवी सेफ पनि त चाहियो । कस्ता छन् ‘हङ्ग्री वेल्स’ का सेफ ? सञ्चालक सिंखडाका अनुसार ‘हङ्ग्री वेल्स’ मा क्रन्ची चिकनमै १५ वर्षदेखि पोख्त, अनुभवी सेफ छन् । जो आफैं क्रन्ची तालिम दिने सेफ हुन् । यसका अलावा किचनमा काम गर्नेहरु विशेष तालिम प्राप्त छन्, सरसफाईमा उत्तिकै ध्यान दिन्छन् ।

आधुनिक जीवन शैलीमा अब बिहानै घरमा आफैंले पकाएर खान सक्ने अवस्था रहेन । भागदौडको यो जीवन शैलीमा हामीलाई सफा, स्वस्थकर खानेकुरा पलभर मै आइपुग्नु पर्छ अथवा काम गर्दै खाँदै गर्नुपर्ने अवस्था आउन सक्छ । ‘हङ्ग्री वेल्स’ ले ‘होम डेलिभरी’ को समेत सुविधा दिएको छ । ‘हङ्ग्री वेल्स’ का आइटमहरु फुडमाण्डू र भोग डील मार्फत घरघरमै उपलब्ध हुने सुविधा छ ।

करिब ४० लाखको लगानीमा सञ्चालनमा आएको ‘हङ्ग्री वेल्स’ करिब पाँच सय स्क्वाएरमा फैलिएको छ । जहाँ १२ देखि १४ जनाले एकै पटक बसेर खान सक्छन् ।

प्रतिक्रिया