‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाउने युवक नवलपरासीबाट पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप सञ्चालन गर्ने एक युवकलाई नियन्त्रणमा लिएकाे छ ।

नेपाल प्रहरीको साइबर ब्युरोले पूर्वी नवलपरासीका नविन बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे । उनलाई नवलपरासीमा पक्राउ गरेर काठमाडौंतर्फ ल्याइएको जानकारी प्राप्त भएकाे छ । प्रहरीले यसअघि नै यसबारे अनुसन्धान थालेकाे थियाे ।

गत शनिबार मात्रै काठमाडौंको माइतीघर मण्डलामा बलात्कारीविरुद्ध फरक शैलीको विरोध प्रदर्शन गरिएको थियो ।

उक्त प्रदर्शनमा कालो कपडा लगाएका र मुख छोपेका युवतीहरुले धिमे बाजामा ‘बलात्कारी होस् तँ’ भन्दै विरोध गरेका थिए ।उक्त विरोधपछि सामाजिक सञ्जाल फेसबुकमा रेपर एसोसियसन ‘बलात्कारी संगठन’ नामको पेज खोलिएको थियो । उक्त पेजको अहिले चौतर्फी विरोध भइरहेको छ । त्यसपछि प्रहरीले अनुसन्धान बढाएकाे हाे ।

प्रतिक्रिया