झलनाथ खनाल डिस्चार्ज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल डिस्चार्ज भएका छन् । स्वास्थ्यमा समस्या आएपछि गत २९ असोजमा धुम्बाराहीको ह्याम्स अस्पतालमा भर्ना भएका नेता खनाल स्वास्थ्य सामान्य बनेसँगै आज डिस्चार्ज भएका हुन् ।

हिजो प्रेस नोट जारी गर्दै अस्पतालले नेता खनालको स्वास्थ्य स्थिति सामान्य रहेको जनाएको थियो । डिस्चार्जको जानकारी सामाजिक सञ्जाल फेसबूकमार्फत् दिएका नेता खनालले आफ्नो स्वास्थ्य सेवामा खटेका स्वास्थ्यकर्मी तथा शुभचिन्तकलाई धन्यवाद दिएका छन् ।

‘२०७७ असोज २८ गते म रक्तचाप बढ्न गई धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना भएको थिए । अस्पतालका डाक्टरहरुको निरन्तरको राम्रो उपचार पछि अहिले मेरो स्वास्थ्य सामान्य अबस्थामा रहेको छ र म आज अस्पतालबाट डिस्चार्ज भएको छु । मेरो स्वास्थ्य उपचारमा खटिनु भएका सम्पूर्ण स्वास्थ्यकर्मी टिम प्रति आभार ब्यक्त गर्दछु । साथै म उपाचारार्थ अस्पतालमा रहँदा मेरो स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पूर्ण आदरणीय नेता गणहरु, कार्यकर्ताहरु, समर्थकहरु, आफन्तहरु, पत्रकार मित्रहरुहरु तथा शभेक्षुकहरु सबैप्रति हार्दिक आभार ब्यक्त गदै धन्यबाद दिन चाहन्छु ।’ नेता खनालले लेखेका छन् ।

प्रतिक्रिया