नेकपा नेतृ भगवती चौधरीलाई कोरोना पोजेटिभ

काठमाडौं । पूर्वराज्यमन्त्री तथा नेकपाकी केन्द्रीय सदस्य भगवती चौधरीलाई कोरोना पोजेटिभ भएको छ । केही दिन यता शरीर दुख्ने, घाँटी खस्खसाउने भएपछि हिजो स्वाव परीक्षण गरिएकोमा आज पोजेटिभ रिजल्ट आएको नेतृ चौधरीले बताएकी छन् ।

उनले आफ्नो स्वास्थ्यवस्था सामान्य रहेको बताउँदै आफ्नो सम्पर्कमा आउने सबैलाई साबधानी अपनाउन पनि आग्रह गरेकी छन् ।

सामाजिक सञ्जालमा नेतृ चौधरीले लेखेकी छन्,‘बिरामी पनि कस्तो अचम्म ! कोबिड १९ ले मलाई पनि छाडेन । त्यसैले यो तीन–चार दिन यता मेरो सम्पर्कमा आउनु हुने ब्यक्तिहरु कन्ट्याक टेष्ट अर्थात साबधानी अपनाउनु होला मेरो रिपोर्ट पोजिटिभ आएको छ ।’

मकालु खबरसँग कुरा गर्दै नेतृ चौधरीले अहिले आफु घरमै आराम गरिरहेको पनि बताएकी छन् । उनले स्वास्थ्यमा खासै समस्या नआएपनि रिपोर्ट कोरोना पोजेटिभ आएकोले स्वास्थ्य प्रति सतर्क भएको बताइन् । ‘मेरो स्वास्थ्य ठिक छ, सामान्य जिउ दुख्ने र घाँटी खसखस भएको छ । केही दिन आइसोलेसनमा रहनेछु ।’ चौधरीले भनिन् ।

प्रतिक्रिया