नवरात्रमा शक्तिपीठ नखाेल्न गृहकाे निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नवरात्रमा शक्तिपीठहरु खोल्न नदिन निर्देशन दिएको छ ।

गृहले बिहीबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी यस वर्षको नवरात्रमा कुनैपनि मठमन्दिर एवम् शक्तिपीठहरु खोल्न नदिन निर्देशन दिएको हो ।

शक्तिपीठ खुला गर्दा काेराेनाकाे जाेखिम बढ्न सक्ने भन्दै मन्त्रालयले साे निर्देशन दिएकाे हाे ।

यसअघि कात्तिक १ गतेदेखि शक्तिपीठहरू खाेल्ने तयारी थियाे ।

प्रतिक्रिया