भारतलाई पहिलो ओस्कार दिलाउने भानूले निदाइरहेकै अवस्थामा त्यागिन् प्राण

काठमाडौं । भारतलाई पहिलो ओस्कार अवार्ड दिलाउने भानू अथैयाको निधन भएको छ ।

भारतकी पहिलो ओस्कार विजेता र सिनेमा जगतकी प्रसिद्ध पोशाक डिजाइनर भानुको ९१ वर्षको उमेरमा निधन भएको हो ।

उनी ब्रेन ट्युमरका कारण गएकाे तीन वर्षदेखि थला परेकी थिइन् । उनकाे बिहीबार बिहान निदाइ रहेकै अवस्थामा मृत्यु भएकाे हाे । भानूकाे १९८२ मा रिलिज भएकाे फिल्म गान्धीमा पाेशाक डिजाइनर गरेकी थिइन् । उक्त फिल्मका लागि उनले अस्कर अवार्ड पाएकी थिइन्। फिल्मलाई ब्रिटिस निर्देशक रिचर्ड अटेनबोरोले निर्देशन गरेका थिए।

भानूले आमिर खानको ‘लगान’ र शाहरुख खानको ‘स्वदेश’ फिल्मका लागि अन्तिम पटक कस्ट्यूम डिजाइन गरेकी थिइन् ।

प्रतिक्रिया