सानिमा जनरलको आईपीओ बाँडफाँट, ५ लाख ९० हजारको हात खाली

काठमाडौँ । सानिमा जनरल इन्स्योरेन्सको साधारण शेयर (आईपीओ) आज बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यपिटलका अनुसार क्यापिटलको कार्यालय बबरमहलमा आईपीओ बाँडफाँड भएको हो ।

माग भन्दा बढी आवेदन परेकाले गोला प्रथाबाट २ लाख ७३ हजार जनाले मात्र १० र १० कित्ता शेयर पाएका छन् । भने, बाँकी ५ लाख ९० हजार ५ सय ४५ जनाको हात खाली भयो ।

क्यापिटलका अनुसार ५ लाख ९० हजार ५ सय ४५ जना आवेदनकर्ताको भने हात खालि भएको छ । कम्पनीको आईपीओमा ८ लाख ६६ हजार ९ सय ५ जनाले आवेदन दिएकामा ३ हजार ३ सय ६० जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ ।

कम्पनीले असोज २१ गतेबाट २५ गतेसम्म १ सय रुपियाँ कित मूल्यमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो । हाल यस कम्पनीको चुक्ता पुँजी ७० करोड रुपियाँ रहेको छ । आइपीओपछि चुक्ता पुँजी १ अर्ब रुपियाँ पुग्नेछ ।

कूल ३० लाख कित्तामध्ये ४ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता सेयर कर्मचारीका लागि ५ प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि सुरक्षित गरिएको थियो भने बाँकी २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

 

प्रतिक्रिया