शेखर कोइरालाको माग–‘विज्ञ टोली गठन गरी नेपाल-चीन सीमाको सत्यतथ्य बाहिर ल्याऔं’

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल–चीन सीमा सन्दर्भमा विज्ञ टोली गठन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरेका छन् ।

हुम्लास्थित नेपाल–चीन सीमा क्षेत्रको निरीक्षणमा गएको टोलीले सीमा अतिक्रमण भएको जानकारी प्राप्त भएको बताउँदै नेता कोइरालाले यस्तो माग गरेका हुन् ।

कर्णाली प्रदेशका प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीको नेतृत्वमा एक टोली हुम्लाको नाम्खाको निरीक्षण गरेको थियो । शाहीले चीनले नेपाली सीमा मिचेकै हो भनी भन्दै आएका छन् ।

उक्त टोलीले गत सोमबार चीनले सीमा मिचेको प्रतिवेदनसमेत सार्वजनिक गरेको छ । सरकारले भने चीनले सीमा नमिचेको दावी गर्दै आएको छ ।

प्रतिक्रिया