सुनको मूल्य बढ्यो, आज कारोबार कतिमा ?

काठमाडौँ । सुनको मुल्य आज प्रतितोला ४ सय रुपियाँ बढेको छ । हिजो प्रतितोला ५ रुपियाँ घटेको चाँदीको मूल्य आज स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रुपियाँ र चाँदीको मूल्य १ हजार २ सय रुपियाँ निर्धारण गरिएको छ ।

हिजो छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपियाँ, तेजाबी सुनप्रतितोला ९४ हजार रुपियाँ र चाँदी १ हजार २ सय रुपियाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया