नयाँ मन्त्रीले सपथ खाएकै दिन १० सचिवको सरुवा, को कहाँ ?

काठमाडौं । सरकारले रिक्त रहेका मन्त्रालय र आयोगका १० सचिवहरूको सरुवा गरेको छ । तीन जना मन्त्रीहरूले शपथ लिएपछि विहिबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको हेरफेरको निर्णय लिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । प्रधानमन्त्री कार्यालयका यादव कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव केदार न्यौपाने उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएका छन् भने उपराष्ट्रपति कार्यालयका सचिव खगराज बराललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

काठमाडौं महानगरपालिका सचिव एकनारायण अर्याललाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव बनाइएको छ । सिञ्चाई सचिव रविन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वधार मन्त्रालयमा लगिएको छ । भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई जल तथा उर्जा आयोगमामा सरुवा गरिएको छ ।

  • को कहाँ ?

– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, युवा तथा खेलकुद मन्त्रालयमा ।
– खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, सार्वजनिक खरीद अनुगमन कार्यालयमा ।
– प्रधानमन्त्री कार्यालयका सचिव केदार न्यौपाने, उपराष्ट्रपतिको कार्यालयमा ।
– उपराष्ट्रपति कार्यालयका सचिव खगराज बराल, प्रधानमन्त्री कार्यालयमा ।
– भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्की, जल तथा उर्जा आयोगमा ।
– जल तथा उर्जा आयोगका सचिव रमेशप्रसाद सिंह, शहरी विकास मन्त्रालयमा ।
– काठमाडौं महानगरपालिका सचिव एकनारायण अर्याल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ।
– सिञ्चाई सचिव रविन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वधार मन्त्रालयमा ।
– प्रधानमन्त्री कार्यालयका यादव कोइराला, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ।
– सहरी विकासका मधुसुदनप्रसाद अधिकारी, ऊर्जामा

प्रतिक्रिया