प्रधानमन्त्रीले भने– बाहिरको राजनीतिक विवादबाट मन्त्रिपरिषद् मुक्त छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाहिरको  राजनीतिक विवादबाट मन्त्रिपरिषद्  मुक्त रहेको बताएका छन् ।

मन्त्रिपरिषदको जिम्मेवारी हेरफर भइ नयाँ मन्त्रीहरुको नियुक्तिपछिको पहिलो मन्त्रिपरिषदको बैठकमा उनले सो कुरा बताएका हुन् । नयाँ अनुहारसहितको पहिलाे बैठक आज ५ बजे बालुवाटारमा बसेको थियो ।

स्रोतका अनुसार प्रधानमन्त्रीले पुराना मन्त्रीहरुले नयाँ मन्त्रीहरुलाई सहयोग गर्न पनि भनेका छन् ।

बुधबार बसेको बन्त्रिपरिषद् बैठकले मन्त्रिमण्डल पुनर्गठन गरिएको थियो । पुनर्गठनसँगै तीन जना नयाँ मन्त्रीहरुको नियुक्ति भएको थियो भने प्रधानमन्त्री र रक्षामन्त्रीको जिम्मेवारी हेरफेर गरिएको थियो । जसमा प्रधानमन्त्रीले रक्षा मन्त्रालयको जिम्मेवारी लिएका छन् । रक्षामन्त्री ईश्वर पोखरेलको पद भने खोसिएको छ ।

प्रतिक्रिया