झलनाथ खनालको फोक्सोमा पानी, कोरोना संक्रमण रिपोर्ट नेगेटिभ : ह्याम्स अस्पताल

काठमाडौं । नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको फोक्सोमा पानी जमेको ह्याम्स अस्पतालले जनाएको छ । यस्तै उनलाई सास फेर्न पनि गाह्रो भएको अस्पतालले जनाएको छ ।

नेता खनालको उपचार गरिरहेको ह्याम्सले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएअनुसार उनको शरीरमा पानीको मात्रा बढी हुनुका साथै फोक्सोमा पानी जमेको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्माका अनुसार उनको कोरोना भाइरस परीक्षणको पिसिआर रिर्पोट नेगेटिभ आएको छ ।

नेता खनालको उपचारमा डा. अर्जुन कार्की, डा. रक्षा पाण्डे, र डा. राजु पंगेनीको टोली खटिएको छ।

प्रतिक्रिया