सामान्य सुधार भयो शेयर बजार

काठमाडौँ । साताको अन्तिम दिन आज शेयर बजार सामान्य सुधार भएको छ । यो साताको शेयर बजारमा ट्रेण्ड हेर्दा घटेको दिन ह्वात्तै घट्ने र बढेको दिन झिनो अंकले बढेको देखिन्छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज शेयर बजार १.२९ अंकले बढेको छ । ०.०८ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १५६२.४६ अंकमा उक्लिएको छ ।

आज १ सय ९६ कम्पनीका ४९ लाख ९४ हजार ३ सय ६७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४२ करोड ५८ लाख ९० हजार ७ सय ३८ रुपियाँ बराबरको कारोबार भएको छ ।

 

प्रतिक्रिया