वीपीमा उपचाररत थप एक काेराेना संक्रमितकाे मृत्यु

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

धरान–७ सुनसरीकी एक ६३ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । ती महिलामा असोज २२ गते कोरोना पुष्टि भएको थियो । ती महिला निमाेनिया र मुटुकाे राेगी थिइन् ।

यसअघि पछिल्लाे २४ घण्टामा चार जनाकाे मृत्यु भएकाे थियाे । धरानका दुई र इटहरी र तेह्रथुमका एक–एक जना संक्रमितकाे मृत्यु भएकाे हाे ।

 

प्रतिक्रिया