काठमाडौंको नयाँ बजारमा ग्यास विस्फोट हुँदा ११ घाइते (अपडेट)

काठमाडौं । काठमाडौंको नयाँ बजारस्थित एक घरमा ग्यास सिलिन्डर विस्फाेट हुँदा ११ जना घाइते भएका छन् ।

बिहीबार दिउँसो नयाँ बजारको फलफूल चोकस्थित निल कुमारी क्षेत्रीको घरमा ग्यास सिलिन्डर विस्फाेट हुँदा ११ जना घाइते भएका हुन् । घाइतेहरूकाे पिपुल्स र मनमोहनमा उपचार भइरहेको छ । घाइतेहरूकाे अवस्था सामान्य छ ।

ग्यास सिलिण्डर विस्फाेट भएकाे घरमा पूर्ण रूपमा क्षति भएकाे छ । अन्य पाँच घरका सिसा फुटेका छन् ।

अहिले ग्यास पड्किएपछि लागेको आगलागी नियन्त्रणमा आइसकेको छ । क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया