मानसिक सन्तुलन गुमाएका एक युवककाे उद्धार

विराटनगर । मानसिक सन्तुलन गुमाएका एक युवकलाई विराट मानव सेवा नेपालले उद्धार गरेको छ । विराटनगर-६ का २१ वर्षीय सन्तोष पासवानलाई बुधबार उनको घरैबाट संस्थाले उद्धार गरेकाे हाे ।

हप्ता दिनदेखि अचेत अवस्थामा रहेका उनलाई घरैमा बाँधिएको अवस्थामा संस्थाले उद्धार गरेको विराट मानव सेवा नेपालका कोषाध्यक्ष रमा प्रसाईले जानकारी दिइन् ।

उनले भनिन्, ‘सन्तोष मानसिक रोगी रहेछ । जब उनलाई बिरामले च्याप्छ त्यो अवस्थामा आफ्नो छेउछाउमा रहेका सबैलाई हानी नोक्सानी पुर्याउने गर्दाे रहेछ । उसलाई थेग्न नसकेर परिवारले हात बाँधेर राखेका रहेछन् ।’

उनलाई संस्थाका अध्यक्षका साथै गाँउलेको रोहबरमा उपचारका लागि नोबेल शिक्षण अस्पतालमा उद्धार गरिएको प्रसाईले बताइन् । सन्तोषको उपचरामा लाग्ने सम्पूर्ण खर्च संस्थाले नै बेहोर्ने उनकाे भनाइ छ ।

प्रतिक्रिया