तेह्रथुमका ४९ वर्षिय पुरुषको वीपी प्रतिष्ठानमा मृत्यु

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । आज दाङ्पा १ तेह्रथुमका ४९ वर्षिय पुरुषको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार निमोनिया भए धनकुटा जिल्ला अस्पतालबाट रिफर गरिएका ती विरामी असोज २५ गते प्रतिष्ठानको इमरजेन्सीमा भर्ना भएका थिए ।

उनलाई भोली पल्ट कोरोना पोजेटिभ भएको पुष्टि भएपछि इमरजेन्सीमै उपचार भइरहेकोमा आज साँझ ७ बजे मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार शवको व्यवस्थापन नियमानुसार भइरहेको छ ।

प्रतिक्रिया