बुढीगण्डकीमा ओली र प्रचण्डले घुस लिएको प्रमाण दिन बाबुरामलाई नेकपाकाे चुनाैति

काठमाडौं । सत्तारूढ नेकपाले बुढीगण्डकी जलविद्युत आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घुस खाएकाे भन्ने आरोपको भत्र्सना गरेको छ ।

केही दिनअघि बाबुरामले गोरखामा आयोजित कार्यक्रममा ओली, दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मिलेर बूढीगण्डकी परियोजनामा ९ अर्ब कमिसन बाँडेर खाएको आरोप लगाएका थिए । साेही आरोपको खण्डन गर्दै प्रवक्ता श्रेष्ठले आरोप पुष्टि गर्न चुनाैति समेत दिए ।

‘बुढीगण्डकी परियाेजनामा अर्बाैँ रकम घुस लिएकाे भनि सार्वजनिक रूपमा प्रकट गरेकाे अभिव्यक्ति विल्कुल आधारहिन, झुट, गलत, कपाेकल्पित, एवम् दुरासयपूर्ण रहेकाले त्यससँग सम्बन्धित तथाककित कुनै प्रमाण भए सार्वजनिक रूपमा र राज्यकाे सम्बन्धित आधिकारिक निकायमा पेश गर्न चुनाैती दिन्छाैँ’, प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया