जाेखिम क्षेत्रमा खटिएकाहरूकाे ‘काेराेना बिमा’ भए त्यसैबाट उपचार तथा परीक्षण खर्च काटिने
२०७७ असोज २८ गते

काठमाडौं । सरकारले जाेखिम क्षेत्रमा कार्यरत कर्मचारीहरूकाे निःशुल्क परीक्षण गर्ने भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले यसबारे जानकारी दिएका हुन् ।
प्रवक्ता गाैतमका अनुसार निःशुल्क कोभिड १९ परीक्षणका लागि लक्षित समूह (आर्थिक रुपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपांगता भएका नागरिक, ज्येष्ठ नागरिक, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइ कर्मचारी लगायत जोखिम क्षेत्रमा कार्यरत) तथा कर्मचारीहरुमा लक्षण वा चिन्ह देखिएमा परीक्षण निःशुल्क गरिनेछ ।
तर उल्लेखित व्यक्तिहरुले कुनै बिमा कम्पनीबाट कोरोना बिमा गरेको भएमा परीक्षण र उपचार खर्च निजको बिमा रकमबाट व्यहोरिने मन्त्रिपरिषद्को असोज १९ गतेको बैठकले निर्णय गरेकाे उनले बताए ।
२०७७ असोज २८ गते
प्रतिक्रिया
सम्बन्धित









