आज पनि घट्यो शेयर बजार

काठमाडौँ । शेयर बजार आज पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज ७.४२ अंकले बजार घटेको हो । ०.४७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १५६१.१७ अंकमा झरेको छ ।

आज १ सय ९५ कम्पनीका ५२ लाख ९१ हजार ३ सय १४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४९ करोड ६३ लाख ८७ हजार ९ सय ९२ रुपियाँ बराबरको कारोबार भएकोे छ । आज होटल समूह झिनो अंकले बढे पनि बाँकी समूह राताम्मे भए ।

आजै शेयर कारोबार शुरु भएको जनरल इन्स्योरेन्स कम्पनी (जीआईसी)का शेयरधनीहरुले आज सबैभन्दा बढी ९.८४ प्रतिशतले नाफा कमाएका छन् ।

 

प्रतिक्रिया