अवैध लागूऔषध गाँजासहित राैतहट र कास्कीका दुई जना पक्राउ

काठमाडौं । रौतहट र कास्कीबाट अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् ।
रौतहट, कटहरिया नगरपालिका-५ पानी ट्याङकीस्थित सडकबाट करिब आधा किलो अवैध लागूऔषध गाँजासहित कटहरिया नगरपालिका-१ भसेढबाखोर टोल बस्ने २२ वर्षीय संजय दासलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय कटहरियाबाट खटिएको प्रहरीले उनलाई जाँच गर्दा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै कास्की, पोखरा महानगरपालिका-३ तेर्सापट्टीस्थित बुद्ध बिहार नजिकबाट करिब ६ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सहित अन्नपूर्ण गाउँपालिका-११ घान्द्रुक बस्ने २० वर्षीय प्रकाश बिकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
पैदल हिँडिरहेका उनलाई अस्थाई प्रहरी पोष्ट नदीपुरबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त परिमाणको गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।








