असोज २८ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल (भिडिओसहित)

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल असोज २८ गते । बुधबार । ईश्वी सन् २०२० अक्टोबर १४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन कृष्णपक्ष । तिथि–द्वादशी,०५ घडी ४८ पला,बिहान ०८ बजेर २३ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र– पूर्वाफाल्गुनी,३२ घडी १४ पला,बेलुकी ०६ बजेर ५८ मिनेट उप्रान्त उत्तरफाल्गुनी । योग–शुक्ल,१७ घडी ५५ पला,दिउसो ०१ बजेर १४ मिनेट उप्रान्त ब्रम्ह । करण–तैतिल,बिहान ०८ बजेर २३ मिनेट उप्रान्त गर,बेलुकी ०७ बजेर २६ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३४ मिनेट । दिनमान २८ घडी ४५ पला । विश्व गुणस्तर दिवस । प्रदोष व्रत।

आजको बार बेला ।  
बिहान ०६ बजेर ०४ मिनेटसम्म लाभ  बेला ।
बिहान ६ बजेर ०५ मिनेटदेखी बिहान ७ बजेर ३० मिनेटसम्म अमृत बेला ।
बिहान ७ बजेर ३१ मिनेटदेखी बिहान ८ बजेर ५६ मिनेटसम्म काल बेला ।
बिहान ८ बजेर ५७ मिनेटदेखी बिहान १० बजेर २३ मिनेटसम्म शुभ बेला ।
बिहान १० बजेर २४ मिनेटदेखी बिहान ११ बजेर ४९ मिनेटसम्म रोग बेला ।
बिहान ११ बजेर ५० मिनेटदेखी दिउसो १ बजेर १५ मिनेटसम्म उद्वेग बेला ।
दिउसो १ बजेर १६ मिनेटदेखी दिउसो २ बजेर ४१ मिनेटसम्म चर बेला ।
दिउसो २ बजेर ४२ मिनेटदेखी बेलुकी ४ बजेर ०८ मिनेटसम्म लाभ बेला ।
बेलुकी ४ बजेर ०९ मिनेटदेखी बेलुकी ७ बजेर ०८ मिनेटसम्म उद्वेग बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बिहान ११ बजेर ४८ मिनेटदेखी दिउसो ०१ बजेर १५ मिनेटसम्म रहने ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा आजको दिन लगानि गर्नको लागि केहि समय पर्खदा राम्रो हुनेछ । अध्ययन तथा अध्यापनमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेपनि सहि प्रयोग गर्न नजान्दा अप्रिर्य घट्ना नहोला भन्न सकिन्न । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रत्येक काममा बाधा अडचन आउने तथा ढिलो गरी कार्यसम्पादन हुनेछ । आफूले भनेको कुरालाई विपरीत अर्थ लगाई आलोचना गर्न सक्छन् । मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छन् ध्यान दिनुहोला । सामाजिक र परोपकारको क्षेत्रमा काम गर्न खोज्दा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । छोटो दूरीको निरर्थक यात्रा हुने योग छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययनमा आउने नतिजाले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरु हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका कामहरु थोरै समय दिएर फत्ते गर्न सकिनेछ । थोरै स्रोत साधनले ठूलो आवश्यकता पूरा हुनेछ । साथीभाइ तथा दाजुभाईसँग मिलेर गरिने काम फस्टाएर जानेछ । विवाद तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अरूका लागि समय र श्रम खर्चनु पर्दा पन खिन्न हुनेछ ।  समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ । तपाईँको डाहा गर्नेहरूले सताउनेछन् भने पहिलेकै काम दोहोर्याउनु पर्ने अवस्गा आउनेछ । नीति नियमलाई बेवास्ता गर्दा चुनौती दण्ड र जरिवाना तिर्नुपर्ने हुन सक्छ । तरपनि पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ । आफन्त तथा कुटुम्बबाट सहयोग प्राप्त हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसायमा सन्तोषजनक बृद्धि हुनेछ । खानपिनका परिकार प्राप्त हुने भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जानेछ । घरपरिवारबाट साथ सहयोग प्राप्त हुनाले राम्रा काम गर्न सकिनेछ  । स्वास्थ्य अनुकूल रहनेछ भने मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । व्यावसायिक क्षेत्रबाट राम्रै लाभ लिन सकिनेछ । राजनीति तथा समाजसेवा जनताको काम गरि पद प्राप्त गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्ययस्थानमा गोचर गर्ने चन्द्रमाले लगानीबाट मध्ययम आम्दानी हुनेछ । चुनौतीका बाबजुद काम गर्नुपर्ने हुन सक्छ  । छर–छिमेक तथा आफन्तसँग असमझदारी बढ्ने योग छ । प्रतिस्पर्धामा आजको दिन सहभागि नहुँनु नै राम्रो रहनेछ । तरपनि वैदेशिक क्षेत्रबाट लाभ लिने सकिनेछ । समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ भने कलकारखाना र बन्दव्यापारबाट फाईदा हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक तथा सांस्कृतिक सभा समारोहमा सरिक भई आफ्नो प्रश्तुति दिन सकिनेछ । नोकरी तथा राजनीतिमा समय लगानि गर्नेहरुका लागि समय उत्तम रहेकोछ । लाभदायक यात्राको प्रशस्त सम्भावन रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आस मारेको काम बन्नाले मन प्रशन्न हुनेछ । गोप्य रहस्य पत्ता लगाउन सकिने हुनाले तपाईँको बौद्धिकताको उच्च कदर हुनेछ  । उद्योग र व्यापारबाट विशेष फाइदा हुने समय रहेकोछ । प्रतिस्पर्धी तथा काममा अवरोध गर्नेहरु परास्त हुनेछन् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काम थालनि गरि राम्रो फाइदा उठाउन सकिने छ । राजनीति तथा समाजसेवामा समय दिनेहरुका लागि समय उत्तम रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) प्रसाशनिक काममा सेवा प्रबाह गर्नेहरुले तपाईको काम समयमा सम्पन्न नगरिदिदा महत्वपुर्ण कामहरु थाति रहनेछन् । पढाइ लेखाइमा मन नजाने हुँदा अरुभन्दा पछि परिने अधिक सम्भावना रहेकोछ । प्रेममा तित्तता आउने तथा एक अर्कालाई शंकाको नजरले हेर्दा मनमुटाव बढ्नेछ । धार्मिक तथा शैक्षिक यात्रा भएपनि गन्तब्यमा पुग्नको लागि बिभिन्न बाधा तथा अवरोधको सामना गर्नुपर्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सरकारि पदमा बसेर सेवा पबाह गर्नेहरुले समयमा तपाईको काम नगरिदिदा महत्वपुर्ण अवसरबाट बञ्चित हुनु पर्नेछ । यात्रा हुने भएपनि बाटामा दुख तथा शास्ति खेप्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । मनमा एक किसिमको बेचैन आउने हुनाले काम गर्न मन लाग्ने छैन । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ  । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले समयमा नै काम सम्पन्न हुनेछन् । जागिरमा बढुवा, प्रशंसा र पुरस्कार पाईने योग रहेकोछ  । साजाजिक काम गरि प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि गर्न सकिनेछ । छोटो दुरीको लाभदायी यात्रा हुने योग रहेकोछ भने पारिवारिक जीवनमा रमाइलोपना आउने छ । घरायसी काममा समय र धन खर्च हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने मुद्दा मामिलामा विजयको योग रहेकोछ ।  रोकिएका काम केही समय दिएर फत्ते गर्न सकिने हुनाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । दैनिक उपभोग्य र औषधीजन्य सामानको व्यापारमा बृद्धि हुनाले आर्थिक रुपमा दैनिकी सहज हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्ने हुनाले दिगो फाइदा हुने काम सुरु गर्न सकिनेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।
ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया