‘मेरो कपडा छोटो कि तिम्रो नजर खोटो ?’ (फाेटाेफिचर)

- सुजाता लिम्बु
विराटनगर । बलात्कारको घटनामा संलग्न अपराधीलाई फाँसीको सजाय माग राख्दै विराटनगरमा प्रदर्शन भएको छ ।
स्थानीय विद्यार्थी तथा युवाहरुले मंगलबार बलात्कारीलाई फाँसीको सजायको माग राख्दै विराटनगरमा प्रदर्शन गरेका हुन् ।
उनीहरूले विराटनगरस्थित ट्राफिक चोक हुँदै विराटनगर महानगरपालिका र जिल्ला प्रशासन कार्यालय मोरङको प्राङ्गणमा प्रदर्शन गरेका थिए । दिनानुदिन छोरीचेलीहरु घरभित्र देखि बाहिरसम्म असुरक्षित भएको र सरकार यो विषयमा मौन रहेकाले कोरोना महामारीको विषम परिस्थितिमा न्यायको माग राख्दै सडकमा उत्रिन बाध्य भएकाे विद्यार्थी कृशल आले मगरले बताए ।

उनले भने, ‘हामी महिला राष्ट्रपति भएको देशका महिला नागरिकहरु आफ्नो इज्जत र जीवनको अन्त्य गर्न बाध्य बनेका छन् । यस्तो अवस्थामा पनि सरकार मौन रहेकाले हामी सबै मिलेर सरकारलाई खबरदारी गरेका हौँ ।’
प्रदर्शनमा सहभागीहरूले के घुस खाका छौ, किन चुप लागेका छौ ?, मेरो कपडा छोटो कि तिम्रो नजर खोटो ?, सरकार मौन रहनुको कारण के हो ? बलात्कारको समर्थन होइन र ? लगायतका प्लेकार्ड बाेकी नारा लगाएका थिए ।










