काठमाडाैं र ललितपुरमा दुईसहित ७ जना मृत फेला

काठमाडौं । काठमाडाैं र ललितपुरमा दुईसहित विभिन्न जिल्लामा ७ जना मृत अवस्थामा फेला परेका छन् ।

ललितपुर, ललितपुर महानगरपालिका-१८ नख्खु घर भएका ४७ वर्षीय आसमान तामाङ सोही महानगरपालिका-२१ खोकनास्थित बागमती खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं, काठमाडौं महानगरपालिका-१४ कुलेश्‍वर सामुदायिक प्रहरी कार्यालय नजिक ग्यारेजको छेउमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

कपिलवस्तु, शुद्धोधन गाउँपालिका-५ घेराउजोत कोठी नदीमा रुपन्देही लुम्बिनी सांस्कृति नगरपालिका-१ खुनगाई बस्ने १८ वर्षीय दिपक यादव आइतबार मृत अवस्थामा फेला परेका छन् । असोज १८ गतेदेखि घरबाट उनको खोजी गर्ने क्रममा उक्त नदीमा उनको शव फेला परेको हो ।

कैलाली, कैलारी गाउँपालिका-७ मिलनपुर शिविर बस्ने ४७ वर्षीया बिर्मा देवी बिक आफ्नै घर कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।

सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका-३ भलायोखर्क बस्ने ६७ वर्षीय डम्बर कुमारी कटुवाल आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

उदयपुर, उदयपुरगढी गाउँपालिका-६ रातमाटे दमार बस्ने ५४ वर्षीय दल बहादुर सुवेदी खत्री सोही ठाउँस्थित बैजनाथ खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

सिन्धुली, कमलामाई नगरपालिका-१ जखनी बस्ने ७८ वर्षीय चित्र बहादुर सार्की घरदेखि करिब २ किलोमिटर टाढा जंगलमा सोमबार मृत अवस्थामा फेला परेका छन् । खाना खाई घाँस काट्न गएका उनी अबेरसम्म घर नआएपश्चात खोजी गर्ने क्रममा उनको शव उक्त जंगलमा फेला परेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया