ढुंग्रोले हान्दा छाेराकाे मृत्यु, बाबु पक्राउ

सिन्धुपाल्चोक । आफ्नै छोराकाे हत्या अभियाेगमा एक जना पक्राउ परेका छन् ।

३० वर्षीय पेम्बाछिरीङ तामाङलाई आगो फुक्ने फलामको ढुंग्रोले प्रहार गरी हत्या गरेको अभियोगमा बलेफी गाउँपा लिका-७ माथिल्लो चिम्लिङ बस्ने ५६ वर्षीय छिरीङ लामालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।

मादक पदार्थ सेवन गरी झै-झगडा हुँदा छिरीङ तामाङले ढुंग्रो प्रहार गर्दा गम्भीर घाइते भएका पेम्बाछिरीङको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।

प्रतिक्रिया