चाँगुनारायणका लामाको हत्यामा संलग्न तीन जना पक्राउ

काठमाडौं । भक्तपुरका एक व्यक्तिको हत्यामा संलग्न तीन जना पक्राउ परेका छन् ।

यही असोज २१ गते बुधबार भक्तपुरको चाँगुनारायणमा जग्गा खोज्दै गएका तीन जनाको कुटपिटबाट स्थानीय व्यापारीसमेत रहेका वाइवा गम्भीर घाइते भएका थिए । भोलिपल्ट (बिहीबार) ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

उनको हत्यामा संलग्नलाई महानगरीय अपराध महाशाखाले बौद्धबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकका ३७ वर्षीय कामी शेर्पा, सिन्धुपाल्चोककै २८ वर्षीय रमेश तामाङ र ३० वर्षीय प्रेम तामाङ रहेका छन् ।

प्रतिक्रिया