हिजो आज मंगल ग्रह किन नजिक, ठूलो र चम्किलो देखिन्छ ?

एजेन्सी । आज मंगल ग्रह पृथ्वीको नजिक आउँदैछ । नासाका अनुसार आज मंगल ग्रह पृथ्वीबाट ठूलो र चम्किलो देखिँदै छ । आज मंगल, पृथ्वी र सूर्य तीनवटै ग्रह १८० डिग्रीको कोण अर्थात् सीधा लाइनमा देखिने नासाले जनाएको छ ।

यो दुर्लभ खगोलीय घटना हो । यस्तो घटना प्रत्येक दुई वर्ष (२६ महिना) मा हुन्छ । खगोलशाष्त्रको भाषामा मंगल ग्रहको अपोजिसन अर्थात् आमने सामने भनिन्छ । यसपछि डिसेम्बर २०२२ मा पुनः दोहोरिने बीबीसीले जनाएको छ ।

रातो ग्रहका रुपले परिचित मंगल ग्रह सौर्यमण्डलको दोस्रो सबैभन्दा सानो ग्रह हो । पृथ्वी र मंगल ग्रहबीचको दूरीमा यस्तो परिवर्तन अन्डाकार कक्षका कारण हुने गर्छ । अन्य ग्रहका गुरुत्वाकर्षणका कारण परिक्रमा कक्षमा यस्ता परिवर्तन भइरहने बैज्ञानिहरुको दावि छ ।

मंगल ग्रह र पृथ्वी अहिले ६२ करोड ६९ लाख ५७० किलोमिटरको दूरीमा छन् । सन् २०३५ सम्म सबैभन्दा कम दूरी यहीँ नै हुनेछ । यो भन्दा अघि सन् २०१८ मा आमने सामने हुँदा पृथ्वी र मङ्गल जम्मा ५८ करोड किलोमिटर टाढा थिए ।

सन् २००३ मा मङ्गल पृथ्वीको सबैभन्दा नजिक आइपुगेको थियो । त्यसबेला पृथ्वी र मङ्गल ग्रहबीचको दूरी ५६ करोड किलोमिटर मात्र थियो। आमनेसामने हुँदा यी दुई ग्रहबीचको दूरी १०० करोड किलोमिटरसम्म पनि हुन्छ जुन सन् २०१२ मा भएको थियो ।

प्रतिक्रिया