आइपिएल: कोलकोतामाथि बैंगलोरको फराकिलो जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकोता नाइट राइडर्समाथि फराकिलो जित निकालेको छ । सारजाहमा गएराति भएको खेलमा कोलकत्तालाई ८२ रनले पराजित गर्दै बैंगलोरले पाँचौ जित निकालेको हो ।

बैंगलोरले दिएको १९५ रनको लक्ष्य पछाएको कोलकोताले २० ओभरमा ९ विकेट गुमाउदै ११२ रन मात्र बनाएपछि खेल ८२ रनले गुमाएको हो । कोलकोताका लागि शुभमन गीलले सर्बाधिक ३४ रन बनाए भने आन्द्रे रसेल र राहुल त्रिपाठीले १६/१६ रन बनाएका थिए । कोलकोताका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।

त्यस्तै बैंगलोरका बलर वाशिंटन सुन्दर र क्रिस मोरिसले २/२ विकेट लिए भने युजवेन्द्र चहल, इसुरु उदाना, नवदीप सैनी र मोहमद सिराजले एक एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा २ विकेट गुमाउदै १९४ रन बनाएको थियो । बैंगलोरका लागि एबी डिभिलीयर्सले आक्रामक ब्याटिंग गर्दै ३३ बलमा अविजित ७३ रन बनाएका थिए । डिभिलीयर्सले २३ बलमा आफ्नो अर्धशतक पुरा गरेका थिए ।

त्यस्तै एरोन फिन्चले ४७ रन बनाएका थिए भने कप्तान विराट कोहलीले अविजित ३३ रन बनाएका थिए । त्यस्तै ओपनर देवदत्त पाडिकलले ३२ रन बनाएका थिए । कोलकोता नाइटराइडर्सका बलर प्रसिद्ध कृष्ण र आन्द्रे रसेलले एक एक विकेट लिएका थिए ।

५ खेलमा जित निकोलेको बैंगलोर १० अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । त्यसैगरी कोलकोताले अहिलेसम्म ७ खेलमा ४ जित र ३ हार बेहोरेको छ ।आइपिएलअन्तर्गत आज चेन्नई सुपरकिंग्स र सनराइजर्स हैदरावादबीच खेल हुदैछ ।

प्रतिक्रिया