बीपी प्रतिष्ठान अगाडिका मेडिकलहरुको फट्याइँ : ‘अघि औषधि उपलब्ध, पछि दोब्बर मुल्य असुली’

  • भरतराज शर्मा (गोपाल)

धरान । बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानअगाडि यत्रतत्र यस्ता मेडिकलहरु छन् । जसले डिस्चार्ज हुने बेलामा पैसा लिने सर्त राखेर बिरामीलाई औषधि उपलब्ध गराउँछन् र पछि चर्को मुल्य असुल्छन् ।

यसको पछिल्लो उदाहरण धरान १८ स्थित रहेको बिर्तामोड मेडिकल हलमा भएको एउटा घटना हो । घटनाका पीडित धरान १६की रीता राणामगरले हिजो मात्रै प्रहरीमा आवश्यक कारबाहीको माग गर्दै निवेदन दिइन् । तत्पश्चात् उक्त ठगीतको रहस्य खुलेको हो ।

बीपीको गेटबाहिर धरान १८ स्थित बिर्तामोड मेडिकल हलले यसैगरी ठगी गरेको भन्दै प्रशासनमा उजुरीसमेत परेको छ । धरान १६ की १७ बर्षीया एक किशोरीको मुटुको उपचारको क्रममा उक्त मेडिकलबाट औषधि लगेकी थिइन् । अहिले ती किशोरीकी आमालाई मेडिकलले बिल थमाएको छ । शंका लागेर किशोरीकी आमा रीता राणामगरले बीपी प्रतिष्ठानको औषधि फाँटबाट रेकर्ड मगाउँदा प्रयोग गरेको भन्दा धेरै गुणा बढी औष्धिको बिल बनाएको पाएपछि इलाका प्रशासन कार्यालयमा निवदेन दिएकी छिन् ।

पीडितको निवेदन यहाँ हेर्नुस्ः–

मेडिकलले वास्तविकभन्दा बढी बिल बनाएको पाएपछि मगरले आज इलाका प्रशासन कार्यालय धरानमा आवश्यक कारबाहीको माग गर्दै उजुरी दिएकी हुन् । निवेदक मगरका अनुसार प्रतिष्ठानले उपलब्ध गराएको रेकर्डअनुसार टार्गोसिट ४०० एमजीको ४ थान र २०० एमजीको ४ थान मात्र छोरीको उपचारमा प्रयोग गरिएको छ । तर, मेडिकलले दिएको बिलमा भने ४०० एमजीको १० थान र २०० एमजीको ५ थानको बिल बनाइएको छ । यो औषधि ४०० एमजीको प्रतिगोटा ३,५२९ र २०० एमजीको १५८४ रुपैयाँ प्रतिगोटाको बिल छ । यो बिल अनुसार तार्गोसिट औषधिमा मात्र मेडिकलले १९ हजार २२९ रुपैया बढी लिन खोजेको देखिन्छ ।

निवेदक मगरकी अनुसार एक कार्टुन पानीको बिल पनि ३६० रुपैयाँ लिइएको छ । जबकी, प्रतिगोटा २० रुपैयाँको दरले पनि १ कार्टुन मिनरलको २४० रुपैयाँ मात्र पर्ने हुन्छ । ‘मैले त महँगो पर्ने औषधिको मात्र खोजेको हुँ, प्रत्येक औषधिको यसरी नै हेर्ने हो भने अझै धेरै होला,’ उनले भनेकी छिन् । उपचाररत बिरामीलाई औषधि चाहिँदा डाक्टर वा नर्सले बीपी प्रतिष्ठानको स्लिपमा औषधिको नाम र संख्या लेखिदिने गरेको हुन्छ । मेडिकलले उक्त स्लिपमा भएको संख्यालाई पनि केरमेट गरेर बढाएको प्रष्ट देखिन्छ । ‘औषधीको स्लिपमा केरमेट गरेर १ लाई ३ जस्तो बनाएको छ,’ उनले भनिन् ।

निवेदक मगरकी छोरीको पछि काठमाडौंस्थित गंगालाल मुटुरोग अस्पतालमा ओपन हर्ट सर्जरी भएको थियो । बीपीमा कोरोनाले अप्रेसन थिएटर सिल भएपछि डाक्टरकै सल्लाहबमोजिम छोरीलाई काठमाडौं लगेको उनले बताइन् । इलाका प्रशासन कार्यालय धरानका निमित्त कार्यालय प्रमुख विदुर गौतमले निवेदनको व्यहोरा अनुसार भए नभएको आज स्थलगत रुपमा गएर बुझ्ने र सर्वमिन मुचुल्का बनाएर जिल्ला प्रशासन कार्यालयमा पठाउने बताए ।

यता, मेडिकल सञ्चालक नरेन्द्र देवले भने बीपी प्रतिष्ठानको स्लिप अनुसारकै औषधि पठाएको र कुनै ठगी नगरेकोे दाबी गरेका छन । ‘ड्रग स्लिप अनुसार नै औषधि गएको छ, र बिल पनि त्यसैअनुसार बनेको छ,’उनले भनेका छन्, ‘कति औषधि फोनबाट पनि मगाएर हामीले लगिदिएको हो । डिस्चार्ज पेपरमा भएको, स्लिपमा भएको अनुसार बिल मिलेकै भनिरहँदा बिरामीका आफन्तले सो कुरा स्वीकार गर्ने पक्षमा छैन ।

यसैबीच गएको भदौ ११ गते पनि सप्तरीको राजगढ गाउँपालिकाबाट आएका शम्भुकुमार साहलाई धरान १८, बीपी प्रतिष्ठान बाहिर रहेको मिथिला मेडिकल हलले शाहको श्रीमतीको डेलिभरीको बिल २१ हजार १ सय १४ रुपैयाँ उनलाई थमाएको छ भने, बिहान ३ बजेतिर बिल २१/२२ हजार देखाएको थियो ।’

अहिले यो घटना औषधि व्यवसायी संघ सुनसरी जिल्ला र नगर कमिटीसम्म पुगेको छ । संघका पदाधिकारीहरु पनि केही मेडिकलको ठगी धन्दाले गर्दा समग्र मेडिकल पसलहरु ब्दनाम् हुनुपरेको भन्दै आक्रोशित बनेका थिए ।

उनका अनुसार यसअघि ३० रुपैयाँ पर्ने एक स्ट्रिप फ्लाक्सन ट्याब्लेटको २४० रुपैयाँको बिल बनाएर ठगी गरेको भेटिएको थियो ।

बढी असुलीको बिल यहाँ हेर्नुस्ः–

प्रतिक्रिया