सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

काठमाडौं । बारा र सुनसरीका विभिन्न ठाउँमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ स्थित सडकमा ना १ त ५८०० नम्बरको ट्याक्टरबाट खसेर सोही ट्याक्टरमा लेवर काम गर्ने एक युवककाे आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएकाे हाे । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–२२ मदिलवा बस्ने २५ वर्षीय शेख रुस्तम रहेका छन् ।  को आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।

ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–४ स्थित सडकमा प्रदेश २-०१-००१ प १६०७ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही गाउँपालिका–५ बस्ने ६५ वर्षीय सोकील मियाको आइतबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईनरुवा हुँदै थप उपचारको क्रममा न्यूरो अस्पताल बिराटनगरमा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी सुनसरीकै दुहबी नगरपालिका–८ कदमगाछीस्थित सडकमा को १७ प ६९८१ नम्बरको मोटरसाइकललाई मे १ ख २४९८ नम्बरको डिजल ट्याङकरले आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ सुन्दरहरैचा नगरपालिका–५ बस्ने ७० वर्षीय कृष्ण दाहालको घट्नास्थलमै मृत्यु भएको छ । ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरीकै भोक्राहानरसिंह गाउँपालिका–१ खोनिया पुलस्थित सडकमा ना ५ ख ५१०१ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएर आइतबार राति दुर्घटना हुँदा ट्रकमा सवार हाल नाम, थर, वतन नखुलेकी करिब ३८ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका ट्रक चालक सुनसरी लालपुर-४ बस्ने ३२ वर्षीय अनुप चौधरीको जिल्ला अस्पताल हुँदै थप उपचारको लागि बिराटनगर न्यूरो अस्पताल रिफर गरिएको छ ।

प्रतिक्रिया