यसपालिको ‘नौरथा’लाई ‘नौवाफरथा’ बनाऊँ

हामी नेपालीहरूको महान चाड दसैँ हाम्रो ढोकैमा आइपुगेको छ । तर, हामी नेपाली मात्रले होइन यतिबेला संसारले नै कोरोनाको आतङ्क भोगिरहेको छ । यो भोगाई कहिलेसम्मका लागि हो त्यो पनि कसैलाई थाहा छैन । जताततै हाहाकार छ । डर र त्रासको वातावरण छ ।

यसै वीच मैले एउटा बेनामी कोरोना भगाऊ सप्ताह नामक मेसेज प्राप्त गरेकी छु । जसमा उल्लेख भए अनुसार केही उपकारी विज्ञ चिकित्सकहरूले कोरोनाको अन्त्य पानीको वाफबाट गर्न सकिने उपाय सुझाएका रहेछन् ।

अङ्ग्रेजी भाषामा लेखिएको उक्त मेसेजलाई सबैका लागि उपयोगी हुने देखेर नेपाली भाषीले पनि सजिलै बुझ्ने गरि मैले नेपाली भाषामा भावानुवाद गरेर यहाँहरू समक्ष प्रस्तुत गरेकी छु ।
जुन यस प्रकार छ

तपाईं हामी कोरोना भगाउने उपक्रमका लागि तातो पानी त पिइरहेका छौँ । तर तातो पानीले हाम्रो घाँटीको केही भागमात्र भिजाउँने रहेछ । किनभने कोरोना कोभिड १९ को अति नै सूक्ष्म किटाणु हाम्रै घाँटीको कुनै हिस्सामा टाँसिएर बसेको हुनसक्ने रहेछ । जसले गर्दा तातो पानी खाँदा खाँदै पनि तीन चार दिनभित्रै कोरोनाको किटाणु क्रमशः हाम्रो फोक्सोमा पुगिसकेको हुन सक्ने रहेछ ।

हाम्रो फोक्सोमा पुगेको कोरोनाको किटाणुले आफ्नो शक्ति देखाउन थाल्ने रहेछ । जसले गर्दा हामीलाई कोरोनाको सङ्क्रमणले गाज्न थाल्ने रहेछ र हामी बिरामी पर्दा रहेछौँ । अर्थात् हामीलाई कोरोना हुने रहेछ ।

त्यसो भए के गर्ने त ?  कसरी कोरोना हुनबाट जोगिने त ?

हामीले तातो पानी खाँदा केही बिगार छैन तर तातो पानी पिउनुका साथै भक्कभकी उम्लेको तातोपानीको वाफ पाँच मिनेटसम्म अनिवार्य रूपले लिनै पर्दो रहेछ ।
वाफ लिने नियम यस्तो रहेछ

१. घरमै बस्नेले राति सुत्नु अघि एकपटक लिनु पर्ने रहेछ ।

२. घर बाहिर निस्केर साधारण काम गरेर घरभित्र पस्ने व्यक्तिले घरभित्र पसेर नुवाइधुवाइ सकेर चोखो कपडा फेरिसकेपछि एकपटक र राति सुत्नु अघि एकपटक गरेर दुई पटक लिनु पर्ने रहेछ ।

३. घर बाहिर गएर जनसम्पर्क, कुनै पेसामा आबद्ध अथवा कुनै बस्तु वा सामग्रीहरूसँग लगातारको संसर्ग गर्नुपर्ने व्यक्तिले गृह प्रवेश पछि चोखोनिधो भएपछि अनिवार्य रूपले आठ घण्टाको फरकमा दैनिक तीन पटक तातो पानीको वाफ लिनुपर्ने रहेछ ।

नोटः हामीले वाफ लिँदा कुनै प्रकारको हानी नोक्सानी नहुने रहेछ । पैसा हुनेले मेडिकल स्टोरबाट वाफ लिने बिजुलीको भाँडो किने पनि हुन्छ र पैसा छैन भने घरकै जुनसुकै भाँडोमा पानी उमालेर वाफ मज्जाले लिन सकिन्छ ।

अहिलेको महामारीलाई फैलिनबाट जोगाउन र आआफ्नो ज्यान बचाउनका लागि यो भन्दा सहज, हानिरहित, सस्तो र विश्वासिलो अर्को कुनै उपाय भएजस्तो मलाई लागेन ।

यदि हामी सबैले एक हप्तासम्म एकै पटक नबिराइकन यसै उपायलाई अबलम्वन गरेर कोरोना भगाऊँ कार्यक्रम सञ्चालन गर्ने हो भने कोरोनाका सम्पूर्ण किटाणु नष्ट हुने रहेछन् । तर, यो कुरा हाम्रो प्रतिबद्धतामा निर्भर गर्ने रहेछ ।

यति सजिलो कुरा हो भने किन प्रचार नगरिएको त भन्ने प्रश्न पनि आउन सक्छ ।

यस प्रश्नको उत्तर

कोरोना कोभिड १९ लाई नै कमाई खाने भाँडो बनाउने एकथरि धनपिपासु जमात यो कोरोनाको कहिल्यै अन्त्य नहोस् र आफूहरूले यसरी नै आतङ्क फैलाएर कमाइ राखूँ भन्ने योजनामा कटिबद्ध रहनु हो । किनभने केही अघि हाम्रै देशमा पनि साबुन पानीले मिचिमिचि हात धुँन’ बीस अरब खर्च भएको चर्चा थियो । अहिले त यो खर्च रकम खर्बमा पुग्यो कि भन्ने अनुमान छ ।

विगतको भूकम्पलाई होस् वा नाकाबन्दीलाई धनपिपासू वर्गले कमाइ खाने भाँडो बनाएको सत्यपीडा पनि हामीले सजिलै बिर्सिन मिल्दैन । त्यसैले अहिलेको कोरोना आतङ्क मच्चाउनुका पछाडी पनि त्यसै प्रकारका तर अन्तर्राष्ट्रिय ग्याङ’ नलागेको भनेर किटानी म चाहिँ दिन सक्तिन ।

किनभने मैले जानेबुझेसम्म अहिलेको विश्वलाई नै फगत भौतिबस्तुवादले आक्रान्त पारेको छ । फरक के भने ठूला देशको ठूलै खाले स्वार्थ र साना देशको सानै खाले स्वार्थ परिचालित हुन सक्छ ।

त्यसैले अहिलेको विश्व परिवेशमै व्यक्तिहरूले आआफ्ना विषयमा आफैँ सचेत हुने युग बितिरहेको छ । यिनै पृष्ठभूमिका कारण वाफ लिनुपर्ने कुरालाई खासै महत्त्व नदिइएको हुनुपर्छ भन्ने मलाई पनि लागेको छ ।

अब बाँकी कुरा तपाईं हामीमा निर्भर गर्छ । यत्तिकै आतङ्कित भएर अनिश्चित कालसम्म मर्दै बाँच्दै गर्ने कि प्रत्येक घरका सबै सदस्यले माथि दिइएको निर्देशन अनुरूप लगातार सात दिन सम्म सादा तातो पानीको वाफ लिने अभियान सञ्चालन गर्ने हो ?

यदि यस कुरामा सहमति छ भने आउनु होस् यसपालिको दसैँको ‘नौरथा’ भरि घटस्थापनादेखि टीकाको दिनसम्म अर्थात् नौ दिनसम्म हरेकले माथि दिइएको निर्देशन अनुरूप तातोपानीको वाफ लिएर ‘नौरथा’लाई ‘नौवाफरथा’का रूपमा मनाऔं र कोरोनालाई सधैँका लागि भगाऊँ !

दसैँको नौरथै त बाँचिवर्ति रहे अर्को साल पनि भव्यरूपमा मनाउँला नि ! यसपालि चाहिँ ‘नौवाफरथा’ नै मनाऊँ न है ! माड त मदौरोले खानु पर्छ नि ! धामीले ढ्याङ्ग्रो जति नै ठटाए पनि मदौरोले मुखै नखोले धामीको के लाग्छ र ?

प्रतिक्रिया