जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु
२०७७ असोज २५ गते

कास्की । पोखरा–बागलुङ सडकखण्डमा गएराति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्क अगाडि राति हरिचोकबाट जिरोकिमीतर्फ आउँदै गरेको ग१ज ५८९६ नंको बलेरो जीपले बाटो काट्ने क्रममा ग १२ प ५३१३ नंको स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कास्कीको माछापुछ्रे गाउँपालिका–७ धम्पुसका २६ वर्षीया स्कुटर चालक तारा विक रहेका छन् । दुर्घटना लगत्तै घाइते विकलाई उपचारका लागि फिस्टेल अस्पताल पुर्याइएको थियो । त्यहाँका चिकित्सकले मृत घोषणा गरेका हुन् ।
जीप चालक गोर्खा आरुघाट गाउँपालिका–९ बस्ने २१ वर्षीय सुदीप विकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको को मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
२०७७ असोज २५ गते
प्रतिक्रिया
सम्बन्धित








