सुनको मूल्य बढ्यो, आज कारोबार कतिमा ?
२०७७ असोज २५ गते

काठमाडौँ । साताको पहिलो दिन आज सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ८ सय रुपियाँ र चाँदी प्रतितोला ४० रुपियाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार १ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ३५ रुपियाँ निर्धारण गरिएको छ ।
गत साताको शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार ८ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९४ हजार ३ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार १ सय ९५ रुपियाँमा कारोबार भएको थियो ।
२०७७ असोज २५ गते
प्रतिक्रिया
सम्बन्धित









