‘डिस होममा डिलर दाइको डिस्काउण्ट अफर’

काठमाण्डौँ । डिस होमले ‘डिस होममा डिलर दाइको अफर’ सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकलाई थप सेवा तथा सुविधा उपलब्ध गराउने उदेश्यले डिस होमले यो योजना ल्याएको हो ।

उक्त अफरलाई डिसहोमले वडा दशैंको उपलक्ष्यमा पनि निरन्तरता दिँदै २४ महिना रिचार्जमा डबल धमाका अफर ल्याएको छ । यस अफरमा ग्राहकले डिलर दाईमार्फत फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्जभन्दा विक्ली लक्कीड्रमा भाग लिने अवसर प्राप्त गर्ने छन् ।

यस्तै, दुई वर्षे रिचार्जमा विक्ली लक्कीड्रमा डबल मौका प्राप्त हुनेछ । यस अफरअन्तर्गत सातामा दुई जना भाग्यशाली ग्राहकहरुले प्रतिव्यक्ति एक/एक लाख नगद उपहार जित्न सक्नेछन् । विक्ली लक्कीड्रका विजेताको घोषणा डिजिटल प्रणालीबाट ग्राहकहरुको डिशहोम सेट–टप बक्सको क्यास आइडीका आधारमा गरिनेछ ।

हरेक साता शुक्रबार साँझ ५ बजे डिशहोमको शो केस च्यानल नम्बर १०० र रमाइलो टिभिमा लक्कीड्रको प्रत्यक्ष प्रसारण हुनेछ ।

अनलाइनमार्फत पाँच हजार वा सो भन्दामाथि रिचार्ज गर्ने ग्राहकलाई पनि यो अफरमा सहभागी गराईने छ । फण्ड ट्रान्सफरबारे जानकारीका लागि देशभर रहेका डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया